धनगढीमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित नभएको पुष्टि

  चैत २१, २०७६

कैलाली, चैत २१ : उपचारको क्रममा मृत्यु भएका भारतीय नागरिकको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । कोरोना संक्रमण भएको आशङ्कामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना नभएको पुष्टि भएको हो ।

शुक्रबार बिहान भारतीय युवकको उपचारको क्रममा मृत्यु भएपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शुक्रबार मृतक भारतीय युवकलगायत तीन जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए ।

तपाईको प्रतिक्रिया