सेती अस्पतालमा आजदेखि नमुना परीक्षण

  चैत २०, २०७६

अत्तरिया, चैत २० : कैलालीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट नमुना परीक्षण आजदेखि शुरु गरिने भएको छ । प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीको सूमहले काम सकेर आजैदेखि नमुना परीक्षण गर्ने तयारी शुरु गरेको जनाइएको छ ।

मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनीलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिका ‘थ्रोट स्वाब’ को नमुना परीक्षण आजैबाट शुरु गरिने बताउनुभयो । प्रयोगशालाका उपकरण जडानको काम सकिएको जनाउँदै सङ्कलित नमुनालाई सुरक्षित राख्न ‘बायो सेफ्टी’ आवश्यक पर्ने उहाँको भनाइ छ ।

सरकारले चीनबाट खरीद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टरमार्फत यही मंगलबार धनगढी ल्याइएको थियो । बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेको थियो । यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइँदै आएको थियो ।

तपाईको प्रतिक्रिया