क्वारेनटाइनबाट भागे ३३० नेपाली

  चैत ११, २०७६

नेपालगञ्ज, चैत १० : बाँकेको सीमानाका जमुनहाबाट उद्धार गरी महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका करिब ३३० नेपाली भागेका छन् । उनीहरु स्वास्थ्य जाँच गर्नुपूर्व नै त्यहाँबाट भागेको जनाइएको छ । आज बिहान सो नाकामा रोकिएका ५०० नेपालीलाई उद्धार गरी त्यहाँ राखिएको थियो ।

“स्वास्थ्य जाँच गर्ने तयारी हुँदै थियो, त्यसअघि नै उनीहरु त्यहाँबाट भाग्न सफल भएका हुन्”, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । जमुनाहा नाकामा ज्वरो परीक्षण गरी उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका अन्यको स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्लामा पठाइने तयारी गरिएको चन्दले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया