मोबाइलमा रिचार्ज गरेबराबर बोनस थप्न निर्देशन

  चैत ११, २०७६

काठमाडौं, चैत ११ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ ।

प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घ बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो । प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा पनि बढाएर २ सय रुपैयाँ पुर्‍याउन निर्देशन दिइएको बताए ।

‘कसैलाई घर बाहिर ननिस्कन भनिएको छ, यस्तो अवस्थामा रिचार्ज बराबरकै बोनस सुविधा दिन र सापटी लिने सीमा पनि बढाउन भनेका हौं,’ उनले भने,’कम्पनीले सामजिक उत्तरदायित्वअन्तर्गत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन पनि सक्ने सुविधा दिएका छौं ।’

तपाईको प्रतिक्रिया