अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

  फागुन २९, २०७६

तेहरान, फागुन २९ : इरानका विदेश मन्त्रीले मुलुक कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको यहाँको सरकारी समाचार संस्था आईआरएनए छ ।

इस्लामिक गणतन्त्र इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको र अहिलेसम्म ४२९ जनाको यसै समस्याका कारण मृत्यु भएको बिहीबार जनाएको छ ।

विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गर्नुभएको विदेश मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले बताउनुभयो ।

पत्रको छायाँप्रतिलाई सबै अन्तर्राष्ट्रिय संघसंस्थाहरूका प्रमुख र विश्वका प्रमुख मुलुकका विदेश मन्त्रीहरूलाई पठाइएको छ भने पत्रमा जरीफले अमेरिकाले इरानमाथि लगाएको ‘गैरकानुनी’ तथा एकतर्फी प्रतिवन्ध हटाउन भनिएको छ । प्रतिबन्धका कारण भाइरसविरूद्धको लडाईंमा समस्या भएको पत्रमा उल्लेख गरिएको मौसभीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया