राप्रपाका शीर्ष नेताद्वारा गीता छोएर नफुट्ने प्रतिज्ञा

  फागुन २८, २०७६

काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम खानु भएको छ ।

सो कार्यत्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले सो कसम खानु भएको हो । घोषणा कार्यक्रममा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताबाट हुटिङ भए पछि राप्रपाका अध्यक्ष कमल थापाले गोजीबाट गीतको पुस्तक निकालेर कार्यकर्ता समक्ष कसम खानुभएको थियो । त्यस पछि डा.प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जवराले पनि कसम खानु भएको थियो ।
सो समारोहमा राप्रपा अध्यक्ष थापाले भन्नुभयो, ‘म गीता हातमा राखेर भन्छु म राप्रपालाई फुट्न दिन्न ।’उहाँले विगतका तितामीठा कुरा र व्यक्तिगत आग्रहबाट माथि उठेर सामूहिक नेतृत्वबाट अगाडि बड्नु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया