सुनको मूल्य प्रतितोला साढे ८२ हजार नाघ्यो

  फागुन २७, २०७६

काठमाडौ, फागुन २७ : सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको मूल्यमा दुई सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबार(आज) नयाँ कीर्तिमान बनेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको प्रतितोला मूल्य ८२ हजार सात सय तथा तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको हो । चाँदीमा सोमबारको कारोवारभन्दा प्रतितोला १० रुपियाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । सुनको मूल्य फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेपनि सुनको मूल्यमा स्थिर देखिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

कोरोना संक्रमण, कच्चा तेलको मूल्यमा गिरावट हुनु र डलरको भाउ बढेकाले सुनको मूल्यमा प्रभाव पारेको हुन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले जानकारी दिनुभयो । अघिल्लो बर्षको फागुन महिनामा दैनिक ४० किलोसम्म सुनको कारोबार हुने भएपनि यो बर्ष दैनिक १५ किलोसम्म कारोबार हुन मुस्किल परेको शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया