जेसिका र रशिलालाई बङ्गलादेशमा रजत

  पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् । ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तीम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित हुनुभएको थियो ।

ती जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुईसित २१८ र २१७ अङ्कले पराजित भएको प्रशिक्षक किरण थापाले जानकारी दिए । यसअघि जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बङ्गलादेशका खेलाडीलाई हराएका थिए। सो ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मङ्सिर २९ गते बङ्गलादेशतर्फ प्रस्थान गरेका थिए ।

बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले सहभागिता जनाएका थिए। नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा बङ्गलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया