समाचार

तीन दिनपछि सहिदमार्ग सञ्चालन

 साउन १६, २०८०

रुकुम (पूर्व), १६ साउन : रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण…

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक…

टीकापुर अस्पतालमा रगत खपत बढ्यो : ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

 साउन १६, २०८०

टीकापुर, १६ साउन : कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि…

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो

 साउन १६, २०८०

भादगाउँ, १६ साउन : अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला…

व्यासमा खरको छानो विस्थापित अभियान

 साउन १६, २०८०

दमौली, १६ साउन : तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो ।…

रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

 साउन १६, २०८०

रोल्पा, १६ साउन : आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि…

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

 साउन १६, २०८०

रामपुर (पाल्पा), १६ साउन : रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको…

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

 साउन १६, २०८०

वीरगन्ज, १६ साउन : गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा…

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

 साउन १६, २०८०

कास्की, १६ साउन : साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन…