समाचार

बाढीले ढालेका सीमा स्तम्भ संरक्षणका लागि समिति गठन

 भदौ ०३, २०८०

सुरुङ्गा (झापा), ३ भदौ : गत असारमा आएको बाढीले दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा चारवटा सीमा स्तम्भ ढले । कमल खोलामा आएको बाढीका कारण गौरीगञ्ज क्षेत्रभित्र मात्रै ढलेका चारवटा सीमा स्तम्भ…

राष्ट्रपति पौडेलद्वारा मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो…

शिक्षामा लगानी अनुसारको प्रतिफल आएन : डा राणा

 भदौ ०३, २०८०

सुदूरपश्चिम, ३ भदौ : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । धनगढीमा…

काठमाडौँबाट केरुङ हुँदै सिमकोटमा खाद्यान्न ल्याइँदै

 भदौ ०३, २०८०

सिमकोट, (हुम्ला) ३ भदौ : नेपालको सङ्घीय राजधानी काठमाडौँबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडीमार्फत पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको…

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

 भदौ ०३, २०८०

दोधारा चाँदनी (कञ्चनपुर) ३ भदौ : महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि…

बालबालिकाका क्षेत्रमा लगानी घटाउन हुन्न : उपसभामुख राना

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताउनुभएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज…

ठिनीमा ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान

 भदौ ०३, २०८०

गलेश्वर (म्याग्दी), ३ भदौ : गत साउन २८ गते गएको बाढीबाट पीडित मुस्ताङको कागबेनीका बासिन्दाहरुको सहयोगका लागि छिमेकी घरपझोङ गाउँपालिका–५ को ठिनी गाउँका बासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन…

नारायणी नदीमा डुबेर युवकको मृत्यु

 भदौ ०३, २०८०

मध्यविन्दु (नवलपरासी), ३ भदौ : नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह…

दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आज यहाँ आयोजना…

निजामती ऐनमा माग सम्बोधन गर्न युनियनको आग्रह

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको शुक्रबार र शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेला र विधान अधिवेशनबाट…