समाचार

कागबेनीमा आएको बाढीले करोडौँको क्षति

 भदौ १०, २०८०

ढोरपाटन (बागलुङ), १० भदौ : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्‍याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका…

किसानका समस्या बुझ्न मन्त्री गाउँ

 भदौ १०, २०८०

कञ्चनपुर, १० भदौ : सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी किसानका समस्या बुझ्नका लागि गाउँगाउँ पुग्न थाल्नुभएको छ । किसानसँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका कुरा सुन्ने…

वित्तीय संस्था कर्मचारी सङ्घमा नयाँ नेतृत्व

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।…

बेपत्ता छानबिन र मेलमिलाप आयोगका कार्यावधि थपसम्बन्धी आदेश पेस

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : राष्ट्रियसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको कार्यावधि थप गर्नेसम्बन्धी आदेश पेस भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता…

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक…

सांसदहरुको आह्वान : सामाजिक सद्भाव कायम राखौँ

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : राष्ट्रिसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गर्नुभएको छ । राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल…

करेन्ट लागेर एकको मृत्यु

 भदौ १०, २०८०

बैतडी, १० भदौ : करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले…

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

 भदौ १०, २०८०

मलेखु (धादिङ), १० भदौ : सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३०…

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

 भदौ १०, २०८०

भक्तपुर, १० भदौ : केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका…

सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन् : नेता सिंह

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति…