समाचार

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताउनुभएको छ…

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे

 असोज ०२, २०८०

गण्डकी, २ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज…

ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ ।…

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ…

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ ।…

भू–उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

 असोज ०२, २०८०

काभ्रेपलाञ्चोक, २ असोज : सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू…

धानमा फड्के किराको प्रकोपले किसान चिन्तित

 असोज ०२, २०८०

देउखुरी (दाङ), २ असोज : दाङको राप्ती गाउँपालिका–५ कालापानीका अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ…

संविधानको मौलिक हक : निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा…

ग्रामीण सडक पुनःमर्मत थालिए

 असोज ०२, २०८०

गाईघाट (उदयपुर), २ असोज : उदयपुरको दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् । उत्तरी पहाडी क्षेत्रको…

तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

 असोज ०२, २०८०

भक्तपुर, २ असोज : सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर…