समाचार

सदनमा बोलेका विषय मतदातालाई सुनाउन मात्र बोलेको जस्तो देखियो : सांंसद बजगाईँ

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताउनुहुन्छ । उहाँले रासससँग कुरा गर्दै संसद्मा उठाएका…

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री ‘प्रचण्ड लुम्बिनीमा

 कार्तिक १४, २०८०

लुम्बिनी, १४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो ।…

महासचिव गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुहुँदै

 कार्तिक १४, २०८०

लुम्बिनी, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका उहाँ आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लाग्नुभएको हो ।…

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार…

चर्चामा आउन थाले ओझेलमा परेका पर्यटकीय गन्तव्य

 कार्तिक १४, २०८०

ढोरपाटन (बागलुङ), १४ कात्तिक : पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले…

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

 कार्तिक १४, २०८०

गण्डकी, १४ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ…

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक

 कार्तिक १४, २०८०

म्याग्दी, १४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा…

शान्ति प्रक्रिया प्राथमिकतामा परेको महासचिव गुटेर्रेसको भ्रमण

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार…

आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना

 कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

 कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद…