समाचार

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

 कार्तिक २०, २०८०

नेपालगञ्ज (बाँके), २० कात्तिक : बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको…

साल्टट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक ः तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका…

मोर्चाद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक ः समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति…

गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था

 कार्तिक २०, २०८०

गुल्मी, २० कात्तिक ः गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसँै र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड…

राँझा विमानस्थलबाट आपतकालीन उडान

 कार्तिक २०, २०८०

कोहलपुर (बाँके), २० कात्तिक : जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन…

निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

 कार्तिक २०, २०८०

पर्वत, २० कात्तिक : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसँै अघिसम्म छिमेकी…

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौँ : नेत्री बलम्पाकी

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक : “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र…

अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी

 कार्तिक २०, २०८०

चितवन, २० कात्तिक : पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी…

विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा

 कार्तिक २०, २०८०

गोरखा, २० कात्तिक : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच…

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

 कार्तिक २०, २०८०

गल्याङ (स्याङ्जा), २० कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय…