समाचार
सुदूरपश्चिम, मधेस र गण्डकी प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस
काठमाडौँ, २८ फागुन : सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी…
राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने
काठमाडौँ, २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने…
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
काठमाडौँ, २८ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ । रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा…
सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति
काठमाडौँ, २८ फागुन : सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आज भएको वार्ता सहमतिमा…
रमजान भोलिदेखि सुरु
विराटनगर, २८ फागुन : इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात बिहानको…
घूससहित दुई प्रहरी पक्राउ
काठमाडौँ, २८ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती…
विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन
काठमाडौँ, २८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस…
नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह
काठमाडौँ, २८ फागुन : विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले…
बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, २८ फागुन : बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा…
कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी
लम्की (कैलाली), २९ फागुन : कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा आज साँझ एक्कासि आगलागी भएको हो । आगलागीबाट…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
भदौ ०८, २०८३






