समाचार

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 चैत १८, २०८०

छेन्दु (चीन), १८ चैत : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।…

पौडेलद्वयलाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु…

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । पार्टीका मधेस प्रदेशका केन्द्रीय…

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत  २० गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने…

सांसदको गुनासो- सुनभन्दा महँगो भयो नुन

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आगलागीका घटना, कृषि…

निर्माणाधीन आयोजना सम्पन्न गर्न नयाँ ढङ्गले अगाडि बढेका छौँ : उपप्रधानमन्त्री महासेठ

 चैत १८, २०८०

काठमाडौं, १८ चैत : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताउनुभएको छ ।  आइतबार सिराहा र…

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

 चैत १८, २०८०

मन्थली (रामेछाप), १८ चैत : एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब…

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका…

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छको मृत्यु

 चैत १८, २०८०

झापा, १८ चैत : दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी…