कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

  चैत १८, २०८०

काठमाडौँ, १८ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत  २० गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया