समाचार

नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द

 असार ११, २०८१

काठमाडौँ, १० असार : सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ…

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

 असार ११, २०८१

काठमाडौँ, १० असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी…

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

 असार ११, २०८१

काठमाडौँ, १० असार : सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै…

मन्त्रिपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

 असार ११, २०८१

काठमाडौँ, १० असार : सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्…

देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार ११, २०८१

काठमाडौँ, १० असार : सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज उक्त विवादको…

देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्दैछौँ : थापा

 असार ११, २०८१

काठमाडौँ, १० असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताउनुभएको छ । नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ…

‘नीतिगत भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्दैन’

 असार ११, २०८१

काठमाडौँ, १० असार : नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी वेल्वासेले मुलुकमा नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्न नसक्ने बताउनुभएको छ । उहाँले  यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उल्लेख…

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ

 असार ११, २०८१

काठमाडौँ, १० असार : यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला…

अभिनेता हमालद्वारा तस्बिर प्रदर्शनीको अवलोकन

 असार ११, २०८१

काठमाडौँ, १० असार : अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दैआएको बताउनुभएको छ । राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका…

सञ्चारीकाको डिजिटल साक्षरता अभियान

 असार ११, २०८१

गण्डकी, १० असार : गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारीका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत आज ‘सूचना र…