समाचार

राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सा दिवस

 असार २१, २०८१

काठमाडौँ, २० असार : सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । असार २० अर्थात् आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा…

प्रधानमन्त्री प्रचण्डलाई एमाले मन्त्रीहरूको कार्यभार

 असार २१, २०८१

काठमाडौँ, २० असार : राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने…

डेंगु सङ्क्रमण ७३ जिल्ला फैलियो, सबैभन्दा बढी बागमती प्रदेशमा

 असार २१, २०८१

काठमाडौँ, २० असार : डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार २१, २०८१

काठमाडौं, २० असार : रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कटहरिया नगरपालिका वडा…

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

 असार २१, २०८१

महेन्द्रनगर (धनुषा), २० असार : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिनुहुने भएको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक…

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग

 असार २१, २०८१

काठमाडौँ, २० असार : काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ…

आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको योजना

 असार २१, २०८१

काठमाडौँ, २० असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने तथा विशेषज्ञ स्वास्थ्य सेवालाई बीमामार्फत् गर्ने योजना अघि बढाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी…

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

 असार २१, २०८१

काठमाडौँ, २० असार : नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ।  बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले…

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

 असार २१, २०८१

काठमाडौँ, २० असार : सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका…

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन

 असार २१, २०८१

मोरङ, २० असार : कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले…