समाचार
प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को…
दुई पार्टीबीचको सहमतिमा आशङ्का छ : उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज…
विश्वासको मतको प्रस्ताव आवेग र भावनामा राखेको होइन : प्रधानमन्त्री
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र भावनाका आधारमा आफूले विश्वासको मतको प्रस्ताव नराखेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो,…
राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : केसी
काठमाडौँ, २८ असार : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ । प्रतिनिधिसभाको…
जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : भट्टराई
काठमाडौँ, २८ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गर्नुभएको छ ।…
‘राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति भयो’
काठमाडौँ, २८ असार : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री…
क्षेत्रीय विद्युत् व्यापारका लागि ढोका खुलेको छ : प्रधानमन्त्री
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उहाँले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण…
मेरो विश्वासको मत सङ्ख्याको प्रयास होइन : प्रधानमन्त्री
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन जटिल र संवेदनशील विषय भएकाले सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । समावेशीतालाई खारेज गर्ने मनशायले नयाँ गठबन्धन बनेको टिप्पणी…
कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन
दोधारा चाँदनी (कञ्चनपुर), २८ असार : जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल…
गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु
गण्डकी, २८ असार : यही असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






