समाचार

न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) आज सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताउनुभयो ।…

लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछ : राष्ट्रपति

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन…

मनसुनी विपद्मा २४ घण्टामा सात जनाको मृत्यु

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : गएको २४ घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ…

सिमताल दुर्घटना : बेपत्ताको खोजीमा तीन सय सशस्त्र प्रहरी परिचालित

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी…

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको…

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता : प्रधानमन्त्री

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले…

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।…

आर्थिक अनुशासन र अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँ : लेखा समिति

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिका…

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।  समितिले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ…

सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र…