समाचार

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण…

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख नियुक्त

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को…

नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई तोक्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त…

हाम्रा ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न…

सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।…

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्विस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ । शिष्टाचार भेटका लागि …

‘संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ’

 साउन १६, २०८१

पाटन (ललितपुर), १६ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न…

नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्छौँ : गृहमन्त्री

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ । बुधबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा…

प्राध्यापक धर्मराज विष्टको हत्या आरोपित १७ वर्षपछि पक्राउ

 साउन १६, २०८१

काठमाडौँ, १६ साउन : नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मंगलबार नेपाल प्रहरीको काठमाडौँ…