समाचार

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ । समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको…

बजेट विनियोजनमा कौशल नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण : अर्थमन्त्री

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनमा कुशलता नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत सुनिश्चितताबिनै बजेट…

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएर पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार…

‘तीन दलबीचको सहमति शान्ति प्रक्रिया टुङ्गिने विश्वासिलो आधार’

 साउन १८, २०८१

काठमाडौँ, १७ साउन : नागरिक समाजका अगुवाहरुले लामो समयदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा प्रमुख राजनीतिक दलहरुबीच जुटेको समझदारीलाई ‘महत्वपूर्ण कडी’ रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा कानुन तथा…

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द

 साउन १८, २०८१

काठमाडौँ, १९ साउन : नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको…

प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको  शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले  शपथ लिनुभएको…

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन…

डेंगु नियन्त्रण गर्न दुई रणनीति सार्वजनिक

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई…

बक्यौता रकम असुल गर्न समितिले सहयोग गर्नुपर्छ : घिसिङ

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा…