समाचार

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

 साउन २६, २०८१

काठमाडौँ, २६ साउन : देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया…

३४ वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

 साउन २६, २०८१

गलकोट (बागलुङ), २६ साउन : ३४ वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा…

उपरथी कार्कीसहितलाई दर्ज्यानी चिह्न

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका मधुकरसिंह कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । कायम मुकायम प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा…

थारू समुदायले मनाए गुरही पर्व

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही-गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख…

विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

 साउन २५, २०८१

काठमाडौं, २५ साउन : नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा…

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : न्याय परिषद्काे आजकाे बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ ।…

कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति पक्राउ

 साउन २५, २०८१

सुदूरपश्चिम, २५ साउन : चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर…

डा. आरजुको सुझाव : महिला ३३ र दलित १० प्रतिशत अनिवार्य गरौँ

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेसको जारी…

प्रक्रियामा नआई बिल तिर्दिन भन्नै मिल्दैन : कार्यकारी निर्देशक घिसिङ

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा…

उद्योग मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र…