समाचार

पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय…

चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी : उद्योगमन्त्री

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताउनुभएको छ । नेपाल–चीन हिमालय मैत्री समाजले आज नेपाल–चीनको कूटनीतिक…

रिक्त ३४ पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा…

स्वास्थ्य बिमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन पार्टीसँग आग्रह गर्नुभएको छ ।  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै…

कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्रीसमक्ष १० बुँदे सुझाव पेस

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।  मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष…

प्रधानमन्त्री ओलीलाई क्रसर उद्योग महासङ्घको ज्ञापन

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम…

कृष्णसारको सङ्ख्या बढ्यो

 साउन २८, २०८१

गुलरिया (बर्दिया), २८ साउन : गुलरिया नगरपालिका-२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार…

दुई महिना यता बाढी, पहिरो लगायत विपद्‍मा परी १७३ जनाको मृत्यु

 साउन २८, २०८१

काठमाडौं, २८ साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरी प्रधान…

साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज…

अझै तीन दिनसम्म वर्षा जारी रहने

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी…