उद्योगपति विनोद चौधरीलाई कोरोना सङ्क्रमण

 भदौ १२, २०७७

काठमाडौँ,भदौ १२ : उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू सङ्क्रमित हुन पुगेको उल्लेख गरी जानकारी गराउनुभएको हो । शुक्रबार मध्याह्न उहाँले…

निषेधाज्ञामा अटेरी गर्ने बढे, आजै चार हजार सवारी कारबाहीमा

 भदौ १२, २०७७

काठमाडाैँ, भदौ १२ : काठमाडाैँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा…

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिना दिनुभएको छ । उहाँले स्वास्थ्य प्रतिकुलताको कारणले आफू राजिनामा दिएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “मेरो स्वास्थ्य प्रतिकुलताले निर्णय लिने प्रकृया…

‘पार्टीभित्र निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहन्छ’

 भदौ १२, २०७७

नयाँदिल्ली, भदौ १२ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किँदैगएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको…

कोभिड १९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले सम्झौता ग-यो

 भदौ १२, २०७७

निकोसिया, भदौ १२ : युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग…

अमेरिकी आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्प जाने

 भदौ १२, २०७७

वासिङ्टन, भदौ १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जानुहुने बताइएको छ । उहाँले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको…

जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारणले राजिनामा गर्नुहुनेभएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरूले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् । आबे लामो समयदेखि अलसेराइटिभ…

गेराथ बैरीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : आष्टन भिल्ला, म्यान्चेष्टर सिटी र इभर्टनका मीडफिल्डर गेराथ बैरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । पछिल्लो तीन सिजनदेखि वेष्ट ब्रुममा आबद्ध हुनुभएका ३९ वर्षीय बैरीले २२…

क्रिकेट साउथ अफ्रिकाका कार्यकारी प्रमुख बर्खास्त

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : दक्षिण अफ्रिकी क्रिकेट सञ्चालक निकाय क्रिकेट साउथ अफ्रिकाले कार्यकारी प्रमुख थबाङ मोरेलाई बर्खास्त गरेको छ । उहाँलाई खराब आचरणको आरोपमा बर्खास्त गरिएको छ । क्रिकेट साउथ अफ्रिकाले…

फ्रान्सेली मीडफिल्डर पोग्बा कोरोनाबाट सङ्क्रमित

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर पौल पोग्बा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । फ्रान्सका व्यवस्थापक डिडियर डेसक्याम्पका अनुसार पोग्बा सङ्क्रमित भएर १४ दिनका लागि अलग्गिएका छन् । म्यान्चेष्टर यूनाइटेडले…