राजनीति

सुदूरपश्चिम, मधेस र गण्डकी प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी…

राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने…

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ । रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा…

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस…

पार्टीले एक ढिक्काका साथ अध्यक्षको उम्मेदवार बनाएको छ : शर्मा

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताउनुभयो…

उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक

 फागुन २८, २०८०

काठमाडौं, २८ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल…

पार्टीमा दिएको योगादनस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ : दाहाल

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगादनको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताउनुभएको छ…

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा…

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि…

माओवादी केन्द्रले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने…