समाचार

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान…

गुम्बा नभत्काउन महानगरलाई आग्रह

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि…

सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार…

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

 भदौ १८, २०८०

महेन्द्रनगर (कञ्चनपुर), १८ भदौ : सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा…

अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान सुचारु

 भदौ १८, २०८०

ताप्लेजुङ, १८ भदौ : नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन ।…

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

 भदौ १८, २०८०

म्याग्दी, १८ भदौ : म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ । अब…

त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव : ‘जति रक्तदान ग-यो, उति स्वस्थ्य भइँदोरहेछ ’

 भदौ १८, २०८०

खोटाङ, १८ भदौ : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो…

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

 भदौ १८, २०८०

इनरुवा, १८ भदौ : पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म…

गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

 भदौ १८, २०८०

गण्डकी, १८ भदौ : गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा…

वसुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश…