समाचार
बन्दाबन्दीले रोकिएन वाग्मती सफाइ
काठमाडौं, वैशाख १३ : बन्दाबन्दीका बीच पनि वाग्मती सफाइ महाअभियानको ३६३औँ हप्तामा नदी किनारका दुई स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र र शङ्खमूलमा गरी १० अभियानकर्मीले सफाइ गर्नुभएको हो…
‘लकडाउन’लाई निरन्तरता दिनुपर्ने आवश्यकता
काठमाडौं, वैशाख १३ : राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन’लाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । मुलुकको भूगोल,…
घरमै रही रमजान व्रत शुरु
काठमाडौँ, वैशाख १३ : मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि…
क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण
काठमाडौं, वैशाख १३ : क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि…
निःशुल्क स्यानिटाइजर वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय
सुर्खेत, वैशाख १३ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफँैले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ । कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गरी वितरण शुरु…
लकडाउनमा उपत्यकामा २०२ घटना
काठमाडौं, वैशाख १३ : ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका…
कोरोना कोषमा दुई अर्ब १३ करोड
काठमाडौं, वैशाख १३ : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा…
टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौं, वैशाख १३ : टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण…
फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा
नयाँदिल्ली, वैशाख १३ : विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र…
तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै
काठमाडौँ, वैशाख १३ : गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान…






