समाचार

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ । राष्ट्रपति भवनमा उहाँहरूले कन्याहरूको पूजा गर्नुभएको…

बिपी राजमार्ग पहिरोले पुनःअवरुद्ध

 असोज २५, २०८१

धुलिखेल, २५ असोज : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । रोशी खोलाको बाढीले उक्त…

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

 असोज २५, २०८१

गलेश्वर (म्याग्दी), २५ असोजः विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ…

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

 असोज २५, २०८१

कटारी (उदयपुर), २५ असोज : सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा…

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई…

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

 असोज २५, २०८१

बनियानी (झापा), २५ असोजः झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय…

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

 असोज २५, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २५ असोज : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा…

सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै

 असोज २५, २०८१

कञ्चनपुर, २५ असोज : शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो । मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्र्तगत लुहारले घर मर्मतका…

प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो…

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : पूर्वअध्यक्ष रेग्मी

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ । विजयादशमी अवसरमा दिनुभएको शुभकामना…