चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

 चैत ०८, २०७९

वासिङ्टन,चैत ८ : संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ…

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

 चैत ०८, २०७९

सोल, चैत ८ : उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले…

थप ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

 चैत ०८, २०७९

वासिङ्टन, चैत ८ : तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले बुधबार फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय…

वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ ।…

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

 चैत ०८, २०७९

डुम्रे, चैत ८ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण…

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा…

दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही

 चैत ०८, २०७९

बागमती, चैत ८ : गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 चैत ०८, २०७९

काठमाडौँ,चैत ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक…

गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

 चैत ०८, २०७९

म्याग्दी, ८ चैत : नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज…

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

 चैत ०८, २०७९

काठमाडौँ, ८ चैत : राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका…