बडिकेदारमा सोलार मिनीग्रेड जडान

 चैत ३०, २०७९

दिपायल, ३० चैत : डोटीमा पहिलोपटक एक सय किलोवाट क्षमताको सोलार मिनिग्रेड जडान गरिएको छ । जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ लानाकेदारेश्वरमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय…

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष…

विसु पर्व मनाउन घर फर्किदै

 चैत ३०, २०७९

खलङ्गा ३० चैत : खलङ्गासँगै जिल्लाका अन्य नाकाबाट धेरै सङ्ख्यामा विसु पर्वका लागि घर फर्किनेको लर्को लागेको छ । सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, बिस्का वा विस्पति पर्व भन्ने गरिन्छ ।…

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज…

महासङ्घको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ…

इनरुवा नगरपालिकामा ११ महिनामा तीन किलोमिटर सडक कालोपत्र

 चैत ३०, २०७९

इनरुवा, ३० चैत : सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा ११ महिनामा तीन किलोमिटर कालोपत्रसहित २० किलोमिटर बाटोमा स्तरोन्नति गरिएको छ । इनरुवाका नागरिक समाजले विकासमा गति दिन आग्रह गरेका बेलामा…

सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका…

सर्लाहीका दुई पालिकाका साढे छ सय अति विपन्नलाई खाद्यान्न सहयोग

 चैत ३०, २०७९

सर्लाही, ३० चैत : हरिपुर र ईश्वरपुरका करिब साढे छ सय अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ । हरिपुर नगरपालिका–३, ५ र ६ का तीन सय ८८…

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री दाहाल

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दीगो…

नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव सुरु

 चैत ३०, २०७९

दमौली, ३० चैत : नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय…

लोकप्रिय