आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गोरखा, २ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा महटार…
भारतका प्रमुख सहरमा भोलिदेखि पर्यटन प्रवद्र्धन
गण्डकी, २ वैशाख : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भोलिदेखि वैशाख ८ गतेसम्म भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम हुनेभएको…
तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान
काठमाडौँ, २ वैशाख : नेपाल प्रहरीले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ…
उपप्रमुख रिजाल चीन प्रस्थान
काठमाडौँ, २ वैशाख : नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित…
बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल
काठमाडौँ, २ वैशाख : नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहनुभएका…
नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा छलफल हुन्छ : महामन्त्री थापा
काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ…
अन्नपूर्णमा आरोहण सुरु
म्याग्दी, २ वैशाख : अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।…
‘अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने’, पोम्पेओले नदिने
वासिङ्टन, २ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले तपाईंहरूलाई पुनः…
‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल
नयाँ दिल्ली, २ वैशाख : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भन्नुभयो, “यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो…
कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छ : डा कोइराला
मोरङ,२ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेस नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित नववर्ष २०८० को…






