आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई…
चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण
बेनी, ३ वैशाख : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन…
‘ने–पेमाछाल’मा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम
सिन्धुपाल्चोक, ३ वैशाख : सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् । शनिबार ने–पेमाछालमा आयोजित…
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
रामपुर पाल्पा, ३ वैशाख : गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको…
बैतडीको दोगडाकेदारमा युवकको हत्या
बैतडी, ३ वैशाख : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक…
‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’
तुलसीपुर, ३ वैशाख : दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर,…
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र
गलकोट, ३ वैशाख : बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ…
कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण
म्याग्दी, ३ वैशाख : कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । इलाइट एक्सपिडिसनमार्फत उहाँले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर…
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’
जुम्ला, ३ वैशाख : जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको…
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना
दमौली, ३ वैशाख : आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा…






