इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने विरुद्ध मुद्दा दायर
वीरगन्ज, ९ जेठ : गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा…
यस्तो आजको मौसम
काठमाडौँ, ९ जेठ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै…
बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र
चितवन, ९ जेठ : चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको…
सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई
काठमाडौँ, ९ जेठ : सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस…
पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
रामपुर पाल्पा, ९ जेठ : चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने…
हराउँदै सनपाट खेती
महोत्तरी, ९ जेठ : पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी…
हावाहुरीले कागती खेती नष्ट
दमौली, ९ जेठ : केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले…
कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण
मनहरि, ९ जेठ : मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको…
जिल्ला समन्वय समिति धनुषाको पाँचौँ सभा सम्पन्न
जनकपुरधाम, ८ जेठ : जिल्ला समन्वय समिति धनुषाको पाँचौँ जिल्ला सभा आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम स्वीकृत गर्दै आज सम्पन्न भएको छ । जिल्ला सभाले समन्वय प्रमुखको तर्फबाट…
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी
ललितपुर, ८ जेठ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित वर्तमान अवस्था…






