लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु
काठमाडौँ, २५ भदौ : नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल…
पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी
गण्डकी, २५ भदौ : जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी…
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध
काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।…
राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल
काठमाडौं, २४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका…
संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल
काठमाडौँ, २४ भदौ : वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा.सन्दुक रुइतले जेनजी आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक…
अब संयमित हुनुहोला : महानगर प्रमुख बालेन
काठमाडौँ, २४ भदौ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ । महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु…
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत
काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । नेपालको संविधानको धारा…
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
काठमाडौँ, २४ भदौ : सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गर्नुभएको छ । कर्मचारी तन्त्रका प्रमुख…
रास्वपाका सांसदहरुद्वारा राजीनामा
काठमाडौं, २४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक…
प्रधानमन्त्री ओलीद्वारा राजीनामा
काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ । विक्रम…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






