अन्तर्राष्ट्रिय

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो : हमास स्वास्थ्य मन्त्रालय

 कार्तिक ०३, २०८०

गाजा स्ट्रिप, ३ कात्तिक : इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसैगरी अक्टोबर ७ देखि…

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

 कार्तिक ०३, २०८०

नयाँदिल्ली, ३ कात्तिक : भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल…

इटालीकी प्रधानमन्त्रीद्वारा आफ्नो पार्टनरबाट अलग भएको घोषणा

 कार्तिक ०३, २०८०

रोम, ३ कात्तिक : इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गर्नुभएको छ । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने…

कूटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

 कार्तिक ०३, २०८०

ओटावा, ३ कात्तिक : क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गर्नुभएको छ । “अहिलेसम्म…

गाजा चर्चमा भएको इजराइली आक्रमणमा थुप्रैको मृत्यु : हमास

 कार्तिक ०३, २०८०

गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ३ कात्तिक : बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला…

गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

 कार्तिक ०३, २०८०

जेनेभा, २ कात्तिक : विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गर्नुभएको छ । इजरायलको सहमतिपछि पानी, खाना र औषधिको पहिलो आपूर्ति…

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

 कार्तिक ०२, २०८०

नयाँ दिल्ली, २ कात्तिक : भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।…

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो

 कार्तिक ०२, २०८०

मस्को, २ कात्तिक : रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ । “मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान…

सेप्टेम्बरमा ९० हजार बढी पर्यटकले गरे फिजी भ्रमण

 कार्तिक ०२, २०८०

सुभ, २ कात्तिक : गत सेप्टेम्बर महिनामा ९० हजारभन्दा बढी पर्यटकहरूले फिजी भ्रमण गरेका छन् । बिहीबार फिजीको तथ्याङ्क ब्युरोले यस बारे सार्वजनिक जानकारी गराएको हो । ब्युरोका प्रमुख कार्यकारी…

इजरायली आक्रमणमा नेतृत्व गर्ने महिलाको मृत्यु

 कार्तिक ०२, २०८०

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र), कात्तिक २ : हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४…