अनिता र प्रवीणको म्युजिक भिडीयो सार्वजनिक

  चैत २१, २०७८

काठमाडौँ, चैत २२ : गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याउनुभएको छ । उहाँ र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो ।

नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको उक्त भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन र सम्पादन बान्दै प्रसादले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया