भ्याली पब्लिक र जेभियर फाइनलमा

  पुष २५, २०७८

काठमाडौँ, पुस २५ : आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले हरायो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गर्नुभयो ।

अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो । चार क्वाटर मध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको थियो । फाइनल खेल सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया