जिल्ला लिग फुटबल : कञ्चन र अरनिको क्लब फाइनलमा

  बैशाख १३, २०८१

महेन्द्रनगर (कञ्चनपुर), १३ वैशाख : कञ्चन समाज र अरनिको युवा क्लब कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

सेमिफाइनल खेलमा कञ्चन समाजले सेक्युर्ड नेपाललाई १–० गोलअन्तरले हराउँदै फाइनलको यात्रा पक्का गरेको थियो । अर्को सेमिफाइनल खेलमा अरनिको युवा क्लबले राम युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको फाइनल खेल यही वैशाख १५ गते हुने छ । प्रतियोगिताको विजेताले रु ५१ हजार एक सय ११ तथा उपविजेताले रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुवै टोलीले सान्त्वनास्वरुप रु ११ हजार एक सय ११ पुरस्कार पाउने कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव एवं प्रतियोगिता संयोजक नितेश रावलले जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजनामा यही वैशाख ३ गतेदेखी जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया