एनआरएनए अध्यक्ष र आइएमओ नेपाल प्रमुखबीच बैठक सम्पन्न

  फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तर्राष्ट्रिय आप्रवासी संगठनका नेपाल प्रमुख लोरेना ल्याण्डोबीच बैठक सम्पन्न भयो ।

बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । विशेष गरेर दुवै संस्थाका बीच आगामी दिनमा साझा उद्देश्य र बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको भलाइ तथा अन्य सरोकारका क्षेत्रमा रणनीतिक रुपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।

बैठकमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम व्यवस्थापक राजेन्द्रकुमार राउतको उपस्थिति रहेको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया