बार्सिलोनाका अध्यक्ष जोसेपद्वारा राजिनामा

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा गर्नुभएको छ । सन् २०१४ मा जोसेप मारिया बार्सिलोनाका अध्यक्ष नियुक्त हुनुभएको थियो । अध्यक्ष जोसेपले बोर्डका सबै पदाधिकारीहरुसँगै मंगलबार राजिनामा दिनुभएको हो ।

क्लबको जिम्मेवारी त्याग्ने क्रममा आफ्नो धारणा रअख्नुहुँदै उहाँले आर्थिक भविष्यलाई सुनिश्चित गर्न बार्सिलोना यूरोपेली सुपर लिगमा आबद्ध हुने प्रकृयालाई अगाडि बढाएको जानकारी दिनुभयो ।यूरोपियन सुपर लिगमा आबद्ध हुन अध्यक्ष जोसेपमाथि दबाब दिइएको थियो । तर जोसेपले आफू लिगमा आबद्ध हुन तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।

जोसेपले आफ्नो दुई अवधिको कार्यकाल सकाए लगत्तै गत् मार्चमै राजिनामा दिने बुझिएको थियो । गत् सिजनमा बार्सिलोनाले कुनै लिग उपाधि जित्न नसकेको र क्लबको आर्थिक अवस्था समेत कमजोर हुँदै जाँदा जोसेपमाथि दबाब परेको थियो ।

तपाईको प्रतिक्रिया