कैलालीमा नदीमा डुबेर दुईको मृत्यु

  कार्तिक ०९, २०७७

कैलाली, कात्तिक ९ : नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया