एनसिसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

  फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ। यो सम्झौताले बैंकका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ।

यस सम्झौतामार्फत बैंकका ग्राहकहरुले ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउँछन्। यस्तो छुट ओपिडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स-रे, इसिजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/इइजी, सिटी स्क्यान/पिएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० हुने बैंकले जनाएको छ।

यसैगरी एसिसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ। अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामग्रीमा ३० प्रतिशत छुट पाउँछन्।

ओपिडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट पाउँछन्। देशैभर शाखा सञ्जाल रहेको एनसिसी बैंकले ७ वटै प्रदेश १३७ शाखा विस्तार गरेको छ।१३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया