माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा

  फागुन ०५, २०७८

काठमाडौं, फागुन ५ : माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृतपदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवैजनाले दुई दशकभन्दा बढीे बैंकिङ क्षेत्रमा काम गरिसक्नु भएको छ ।
उहाँहरु माछापुच्छ्रे बैंकमा पनि लामो समयसम्म उच्च व्यबस्थापन तहमा हुनुहुन्थ्यो ।

त्यस्तै नायव महाप्रबन्धकपदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशक बिताइसक्नु भएको छ ।

अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्चअपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको अनुभव छ।
बैंकले नेपालभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवाप्रदानगदै आईरहेको छ।

तपाईको प्रतिक्रिया