पछिल्लो २४ घण्टामा कहाँ, कति भेटिए कोरोना सङ्क्रमित

  असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुरमा दुई, खोटाङमा ३, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा १ तथा सुनसरीमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नं २ को धनुषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा छ तथा सिरहामा सात जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौँमा एक हजार ३७३, काभ्रेपलाञ्चोकमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा दुई, ललितपुरमा १८७ तथा सिन्धुपाल्चोकमा आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, बागलुङ तीन, स्याङ्जामा चार, नवलपरासी पूर्वमा ४० तथा लमजुङमा सात जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नवलपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० तथा रुपन्देहीमा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस्तै कर्णाली प्रदेशको सुर्खेतमा ५४, कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई तथा सल्यानमा दुई जनालाई कोरोना सङ्क्रमण भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५, कञ्चनपुरमा २१, डडेल्धुरामा एक, बैतडीमा एक तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिए । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३७३, ललितपुरका १८७ तथा भक्तपुरका ३९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ५१७ पुगेको छ । काठमाडौँमा २४ हजार ४६, ललितपुरमा दुई हजार ९८३ तथा भक्तपुरमा दुई हजार ४८८ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया