काठमाडौं, असोज १७ : प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका १८ र राष्ट्रिय अनुसन्धान विभागका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
यसैगरी प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा समेत कोरोना संक्रमण पुष्टी भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ५ जनालाई कोरोना पुष्टि भएको हो ।






