शनिबार काठमाडौं उपत्यकामा मात्रै ११७७ मा कोरोना संक्रमण

  असोज १७, २०७७

काठमाडौं, असोज १७ : शनिबार काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा देशभर भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको हो । सोसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको छ ।

जसमध्ये काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ जना कोरोना संक्रमित छन् ।

तपाईको प्रतिक्रिया