काठमाडौँ, असाेज १० : पछिल्लो २४ घन्टामा काठमाडौँमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन् । कूल १० हजार १९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमिते सङ्ख्या ७१ हजार ८२१ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमिते आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन् । उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमिते संख्या ५०० बढी छ । मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७/१७, डोटी र सिन्धुलीमा १५/१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०/१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सात/सात, रोल्पा र रौटहटमा छ/छ, दार्चुला, प्यूठान र गुल्मीमा पाँच/पाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चार/चार, पाल्पा, कपिलवस्तु र गोरखामा तीन/तीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुई/दुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एक/एक सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३.८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।
मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन् । छ हजार ३३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।






