काठमाडौं, असोज ३ : नेपालमा कोरोनाभाइरसका एक हजार २०४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २०४ जना संमित थपिएका हुन् ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ४४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल ४५ हजार २६७ जना निको भएका छन् । हाल १७ हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।






